Comments Add Comment

श्रममन्त्रीको कार्यसम्पादन सम्झौता : एक वर्षमा ५ लाखलाई रोजगारी !

१६ साउन, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले एक वर्षमा ५ लाख बेरोजगारलाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीसँग उनले हिजो गरेको ११ बुँदे कार्यसम्पादन सम्झौतामा यो प्रतिवद्धता उल्लेख छ ।

मन्त्री बिष्टले व्यवसायिक सिपमुलक तालिमको विकास र श्रमको सम्मान गर्ने वातावरण तयार गर्दै स्वदेशमा नै युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने बताएका छन् । उनको कार्यसम्पादन सम्झौतामा श्रम अडिट तथा श्रम निरीक्षणलाई प्रभावकारी बनाउने पनि उल्लेख छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति बनाएर कार्यस्थलमा पालना गराउँदै श्रमिकको हित सुनिश्चित गर्ने भनिएको छ ।

त्यसैगरी नयाँ श्रम गन्तब्य मुलकसँग श्रम सम्झौता गरी वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने पनि मन्त्री बिष्टले वाचा गरेका छन् । कामदारको बिमा, स्वास्थ्य र व्यवसायजन्य सुरक्षामा रोजगारदातालाई नै जिम्मेवार बनाउने उनको प्रतिवद्धता छ ।

त्यसैगरी योगदानमा आधारित समाजिक सुरक्षा योजनाहरु कार्यान्वयनमा ल्याउने प्रतिवद्धता पनि श्रममन्त्रीले प्रधानमन्त्रीसँग गरेका छन् ।

सरकारले हालसम्म देशभर १७ लाख बेरोजगारको पहिचान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ७२८ वटा स्थानीय तहमा बेरोजगारको तथ्यांक संकलन गरिएको हो । हालसम्म १७ लाख १ हजार ५५१ युवाले आफ्नो नाम बेरोजगारको सूचीमा दर्ता गराएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार २५ वटा स्थानीय तहमा अझै बेरोजगारको सुचीकरण हुन सकेको छैन ।

‘अबको एकदेखि दुई महिनाभित्रै रोजगारी सिर्जनाको लक्ष्य प्राप्तिका लागि काम सुरु हुन्छ,’ बिष्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment