Comments Add Comment

कोरली गाईले नै दिन्छ ५ लिटर दूध, चिकित्सक भन्छन् : अनुसन्धान हुँदैछ

१६ साउन, विराटनगर । मोरङको उर्लाबारी ८ राजघाटमा नब्याएको गाईले अढाई वर्षदेखि दैनिक पाँच लिटर दुध दिइरहेको छ । स्थानीय सुन्दर लामिछानेले पालेको गाईले १८ महिनाको उमेर हुँदादेखि दूध दिँदै आएको थियो ।

‘कोरली गाई व्याएको छैन’, लामिछानेले भने, ‘शुरुमा हामी पनि अचम्मित भयौं, एक्कासी गाईको थुन फुलेपछि पशु चिकित्सकलाई सोध्यौं, पशु चिकित्सकले दुहन सल्लाह दिएपछि हामीले गाई दुहुन थालेका हौं, शुरुमा त थोरै दूध दिए पनि अहिले दैनिक ६ लिटर दूध दिँदै आएको छ ।’

स्थानीय जातको गाईबाट नश्ल सुधार गरिएको उन्नत जातको गाईले नब्याउँदैदेखि दूध दिएको हो ।

सुन्दरको मात्र नभई लेटाङ खेरुवाका जंगबहादुर थापाको कोरली गाईले पनि दुई बर्षदेखि दैनिक तीन लिटर दूध दिँदै आएको छ ।

मोरङ रंगेली दोभाना बजारका चक्र राजवंशीको कोरली गाईले पनि १४ महिनाको उमेरदेखि दूध दिँदै आएको छ । २३ महिनादेखि कोरली गाईले दिएको दूध पशुधनीले एक चिया पसलमा बिक्री गर्दै आएका छन् ।

यस्तो हुनुलाई कतिपयले अलौलिक र दैवी शक्तिका रुपमा पनि लिने गरेका छन् । पशु चिकित्सा विज्ञानले पनि यस्ता घटनालाई समान्य त मान्दैन, तर अलौकिक शक्ति चाहिँ ठान्दैन ।

पशु चिकित्सकका अनुसार गाईको उमेर बढेसँगै शरीरमा सामान्य प्रक्रियाभन्दा बढी मात्रामा प्रोल्याटिङ हर्मोन उत्पादन भएमा नब्याए पनि दूध दिन्छ । यस्तो दूध पनि ब्याएका गाईले दिनेजस्तै हुन्छ । त्यसले मानिसको स्वास्थ्यमा कुनै असर पर्दैन ।

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विराटनगर वरिष्ठ पशु चिकित्सक डा. सुशीलकुमार अधिकारीले कोरली गाईले दूध दिने दुर्लभ घटना भएकाले यस्ता विषयमा अनुसन्धान गर्नुपर्ने बताए ।

‘एक लाखमध्ये एउटामा यस्ता घटना हुने गरेको पाइन्छ,’ डा अधिकारीले भने, ‘पशुको शरीरमा एक्कासी बढ्ने हर्मोनका कारण कोरली गाईले पनि दूध दने गरेको अनुसन्धानबाट खुलेको छ ।’ कोरली गाईबाट व्यवसायिक रुपमा नै दूध उत्पादन गर्न सकिन्छ कि भन्ने विषयमा अनुसन्धान सुरु गरिएको पनि डा. अधिकारीले जानकारी दिए ।

उनले पछिल्ला समय लोकलबाट नश्ल सुधार गरिएको उन्नत जातको गाईमा यस्ता घटना अलिक बढी देखिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment