Comments Add Comment

अन्नपूर्ण वेसक्याम्पका सबै होटेल १ भदौबाट खुल्ने

१७ साउन, काठमाडौं । अन्नपूर्ण आधार शिविरतर्फको पदयात्रामा जाँदै हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । अधिक हिमपातका कारण फागुन २०७५ देखि बन्द रहेका त्यहाँका सबै होटेल आगामी १ भदौबाट सञ्चालनमा आउने भएका छन् ।

हिँउ र वर्षाका कारण पूर्णरुपमा क्षतिग्रस्त बनेका ४ वटा होटेलको पुनर्निर्माण सम्पन्न भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का मिडिया तथा कम्यूनिकेसन विभाग संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । होटेल १ भदौबाट पूर्णरुपमा सञ्चालनमा आउने जानकारी होटेल व्यवसायीले गराएका छन्,’ उनले भने, ‘सोहीअनुसार हामीले ट्रेकिङ व्यवसायीलाई सूचित गरेका छौं ।’

अहिले छिटपुट रुपमा अन्नपूर्ण वेसक्याम्प टे्रकिङमा जाने पर्यटकले माछापुच्छ्रे वेसक्याम्पस्थित होटेलबाट लन्चबक्स बोकेर अन्नपूर्णतर्फ लाग्नुपर्ने बाध्यता रहेको छ ।

अन्नपूर्ण वेस क्याम्पमा ४ वटा होटेल सञ्चालनमा रहेका छन् । एक होटेलले दैनिक २०-३० जनालाई सजिलै सेवा दिन सक्छन् । अधिक चाप हुने दिनमा एक होटेलमै ५० जनासम्म पनि पर्यटक राखी व्यवस्थापन गर्ने गरिन्छ ।

नेपालका दुई विश्वस्तरीय पदयात्रा मार्गमध्ये अन्नपूर्ण एक हो । एभरेष्ट वेस क्याम्प पदयात्रा मार्ग अर्को स्तरीय पदमार्ग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment