Comments Add Comment

विषादी परीक्षण झन् धेरै गर्छौं : कृषिमन्त्री खनाल

१७ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले सीमा नाकामा विषादी चेकजाँचलाई निरन्तरता दिने बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसिएसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कसैले चेकजाँच नगर भन्दैमा विषादी परीक्षण नरोकिने बताएका हुन् ।

‘भारतभन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो, तर हरेक नाकामा अनिवार्य चेक गर्नु भनेकाले मात्र बहसको विषय भएको मात्रै हो चेक जाँच त भएकै थियोे नि’ उनले भने, ‘त्यसलाई निरान्तरता दिएका छौं, दिन्छौं । चेकजाँच नगर भने पनि गर्छौं । झन् धेरै गर्छौं ।’

जनताको स्वास्थ्यको चिन्ता सरकारलाई भएको भन्दै मन्त्री खनालले विषादी चेकजाँचका विषयमा आफू गम्भीर भएको बताए ।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने पनि बताए । ‘कृषिमा भने जस्तो उत्पादन हुन सकेको छैन, यो पटकदेखि कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको छु ।’

मन्त्री खनालले कृषि र पशुपन्छीको क्षेत्रमा गर्न धेरै काम रहेको भन्दै यो क्षेत्रमा सम्भावना पनि अधिक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment