Comments Add Comment

हलमा ‘न यता न उता’, प्रिमियरमा को–को पुगे ?

आजबाट देशभरका हलमा चलचित्र ‘न यता न उता’ रिलिजमा आएको छ । दुई अधवैशे यूवाको कथामा तयार भएको यो चलचित्रको बिहिबार बेलुकी ललितपुरको लबिम मलमा प्रिमियर समेत गरियो ।

लण्डनबाट बिहे गर्नका लागि नेपाल फर्किएका दुई अधवैशे यूवाको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, वुद्दि तामाङ, छुल्ठिम गुरुङ, ऋचा शर्मा, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रिमियरमा चलचित्रका मुख्य कलाकार, रंग पत्रकार लगायतको उपस्थिती थियो । मिराज रोशको कथा तथा पटकथा रहेको यो चलचित्रमा अभिमन्यू निरवीको संवाद छ । विपिन मल्लको चलचित्रमा सम्पादन छ । चलचित्रलाई मिराज रोश र विरासत बस्नेत मिलेर निर्देशन गरेका हुन् ।

चलचित्रले फरक कथावस्तु उठान गरेको प्रतिक्रिया प्रिमियिरमा उपस्थित पत्रकार र चलचित्रकर्मीले दिएका थिए । चलचित्रको छायांकन पक्षलाई पनि रुचाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment