Comments Add Comment

टिपरसँग घुस लिने ५ जना ट्राफिक प्रहरी पक्राउ

१७ साउन, काठमाडौं । मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ ।

काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २/२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन् ।

हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे र बनेपा ट्राफिक पोस्टमा कार्यरत हरिचन्द्र बानियाँ र प्रहरी हवल्दार रामहरि मानन्धर पक्राउ परेका अख्तियारले जनाएको छ ।

बालुवा लिएर आउने टिपरसँग विभिन्न बाहना बनाई उनीहरुले घुस लिने गरेको सूचनाको आधारमा पुगेको अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोँलीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment