Comments Add Comment

कांग्रेसको अन्तरिम संरचना सहमतिमै, संसद अवरोधमा वरिष्ठ नेताकै विरोध

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसले सहमतिकै आधारमा अन्तरिम संरचना बनाउने भएको छ । यद्यपि केही स्थानमा चुनाव हुने सम्भावना रहेको नेताहरू बताउँछन् ।

लामो बहसपछि शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १३ औं महाधिवेशनका क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने निर्णय गरेको छ ।

बैठकले यसबारे निर्देशका नै बनाउने निर्णय गरेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘निर्देशिकाले अन्तरिम संरचना बनाउने प्रष्ट मार्गचित्र ल्याउनेछ ।’

नेताहरुका अनुसार स्टाटस हेरफेर भएको तर, भूगोल हेरफेर अधिकांश ठाउँमा मापदण्डले अन्तरिम संरचनाको नेतृत्व स्वतः टुंगो लगाउनेछ । बाँकीको हकमा पनि समित व्यक्तिहरुबीचमा पत्र प्रतिस्पर्धा गराउने सम्भावना बढी रहेको छ ।

बैठकले मंसिरभित्र क्रियाशील सदस्यहरुको अभिलेख अद्यावधिक गरिसक्ने निर्णय समेत गरेको छ । त्यसपछि केन्द्रीय कार्यसमितिले महाधिवेशनको कार्यतालिका बनाउनेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल अन्तरिम संरचना बनाउनुपर्ने माग गर्दै आएको थियो । तर मुल नेतृत्व सहमत नभएपछि पौडेल पक्ष पछि हटेका छन् ।

संसदमा अवरोधमा वरिष्ठ नेताकै विरोध

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा पार्टीको भूमिकाप्रति असहमति जनाएका छन् । सर्लाही घटनालाई संसद संसद अवरोध गरेकोमा विरोध जनाएका छन् ।

विप्लव समूहका विषयलाई लिएर संसद अवरोध गर्नु र प्रवक्ताले वार्तावार्ता मात्र भन्नु गलत भएको उनले बताए ।

प्रहरी भिडन्तमा मारिएका भनिएका विप्लव समूहका नेता कुमार पौडेलबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यो माग पुरा गर्न सरकार र सभामुखलाई दबाव दिँदै उसले राजपासँग मिलेर लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment