Comments Add Comment

सिद्धार्थ बैंकले कमायो २ अर्ब ३० करोड

१९ साउन, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को शुरुवातसँगै गत आर्थिक वर्ष २०७५/७६ को वित्रीय विवरण सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई भ्याई/नभ्याई छ । वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंकबाट शुरु भएको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम सिटिजन्स, सानिमा, ग्लोबल आइएमई, नेपाल बैंक हुँदै सिद्धार्थ बैंकसम्म आइपुगेको छ ।

सिद्धार्थ बैंकले आइतबार गत आर्थिक वर्षको आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । सिद्धार्थ बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २ अर्ब ३० करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष यो बै.कले १ अर्ब ९० करोड रुपैयाँमात्रै मूनाफा आर्जन गरेको छ । यसैगरी बैंकले ३६ प्रतिशतले ब्याज आम्दानी बढाएर ४ अर्ब ६७ करोड ब्याज रुपैयाँ पुर्याएको छ ।

बैंकले बैंकले एक खर्ब १४ अर्ब ५३ करोड निक्षेप उठाएर एक खर्ब चार अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको बेसरेट १०.७५ प्रतिशतमामा झरेको छ । अघिल्लो आर्थिक वर्ष ११.१६ प्रतिशत थियो ।

निस्कृय कर्जा अनुपातमा पनि बैंकले राम्रो सुधार गरेको छ । अघिल्लो आर्थिक वर्ष १.०९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात गत आर्थिक वर्षको अन्त्यमा ०.७५ प्रतिशतमा आइपुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment