Comments Add Comment

१३ औं सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन

१९ साउन, काठमाडौं । नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदको तयारी अनुगमन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ ।

जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा गजेन्द्र बहादुर महत, नबिना लामा, नमिता कुमारी चौधरी र नारायण मरासिनी सदस्य छन् ।

१३ औ साग डिसेम्बर १ देखि १२ सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । खेलकुदको तयारीको सम्बन्धमा अनुगमन निरीक्षण गर्न उपसमिति गठन गरिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

समितिलाई सागको तयारीबारे प्रतिवेदन बनाएर बुझाउन भनिए पनि समयावधि तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment