Comments Add Comment

स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु

१९ साउन, काठमाडौैं । स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक बनेपा-१२ कोटथुम्काका २१ वर्षीय रबिन थापाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका २६ वर्षीय सबिन थापाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

बनेपा नगरपालिका-१४ साझा पेट्रोलपम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५७प ९४६९ नम्बरको मोटरसाइकल बिपरीत दिशाबाट आइरहेको बा१च ८११२ नम्बरको स्कारपियोमा ठोक्किँदा दुर्घटना भएको हो ।

स्कारपियोका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment