Comments Add Comment

यस्तो गाउँ, जहाँ केवल छोरीमात्रै जन्मिन्छन्

सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने । के छोरा वा छोरी जन्मिने भन्ने कुरा पनि ठाउँले फरक पार्छ र ? सायद पार्दो रहेछ कि । त्यहीँ भएर युरोपको एउटा गाउँमा सधैं छोरी मात्रै जन्मिने गरेका छन् । उक्त गाउँमा पछिल्लो ९ वर्षयता छोराको जन्म भएको छैन ।

चेक गणतन्त्र र पोल्याण्डको सीमा क्षेत्रमा रहेको एउटा गाउँमा केवल छोरी मात्रै जन्मिन्छन् । मिजेस्के ओद्रजेनस्की नामको उक्त गाउँमा नौ वर्षयता छोरा जन्मिएका छैनन् । सोही कारण उक्त गाउँका मेयरले एउटा घोषणा नै गर्नुपरेको छ । उक्त घोषणा अनुसार गाउँमा छोरा जन्माउने दम्पत्तिलाई अब पुरस्कार दिइनेछ ।

उक्त गाउँमा पछिल्लो पटक सन् २०१० मा एक दम्पत्तिले छोरा जन्माएका थिए । त्यसपछि गाउँमा जन्मिएका सबै बच्चा छोरी नै रहेका छन् । ९ वर्षअघि छोरा जन्माएका ती दम्पत्तिहरु पनि गाउँ छाडेर अन्यत्र गएर बसोबास गरेका छन् ।

झण्डै ३ सय जनसंख्या रहेको सो गाउँको यो अनौठो घटना दुनियाँभर नै चर्चित छ । यो गाउँमा महिलाको तुलनामा पुरुषको जनसंख्या नगन्य छ । गाउँमा बच्चाबच्चीहरुमा एकजना मात्र बालक छ, जसको उमेर १२ वर्ष छ । अरू सबै बालिकाहरु छन् ।

गाउँका दम्पत्तिहरुमा केवल छोरीको मात्र जन्म हुने यो विचित्र घटनालाई लिएर विज्ञहरु पनि अचम्मित छन् । छोरा जन्मनु किन दुर्लभ बन्यो ? भन्ने विषयमा अनुसन्धानसमेत गर्न थालिएको छ । पोल्याण्डको वार्सास्थित एक विश्वविद्यालयले यो गाउँमा अनुसन्धान सुरु गरेको हो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment