Comments Add Comment

विकासलाई प्रश्न–‘हजार जुनी सम्म’ ‘नाई नभन्नु ल ६’ हो ?

साउनको ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’का निर्देशक विकासराज आचार्यले यसपटक चलचित्रको कथ्य शैली फरक भएको बताएका छन् । ‘नाई नभन्नु ल’को सिरिजबाट पर हटेर उनले निर्देशन गरेको यो चलचित्र ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ ।

उनले भने–‘मलाई अरु नाममा चलचित्र नै गर्दैन भन्ने आरोप लागेको थियो । तर, मलाई बाहिरी ब्यानरको चलचित्रमा पनि काम गर्न मन थियो । यसपटक सबै कुरा मिलेर काम गर्न सफल भयौं ।’ विकासका अनुसार ‘हजार जुनी सम्म’ पारिवारिक कलरफुल चलचित्र हो । उनले दर्शकले चलचित्र हेरेर पूर्ण मनोरञ्जन लिने विश्वास व्यक्त गरे ।

चलचित्रमा ‘नाई नभन्नु ल’ सिरिजकै कलाकार किन त, विकास भन्छन्–‘हामीले चयन गरेको कलाकार र उनीहरुले गरेको भूमिकाको विकल्प नै छैन । नाई नभन्नु ल सिरिजकै कलाकार हुनुको कारण चलचित्र हेरिसकेपछि दर्शकले पाउनुहुनेछ ।’

विकासले ‘नाई नभन्नु ल’ सिरिजबाट बाहिर आउँदा खासै फरक अनुभव नभएको सुनाए । तर, दर्शकले दिने प्रतिक्रिया सुन्नका लागि आतुर भएको बताएका छन् । चलचित्रमा आर्यन सिग्देल , स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान , अनुभव रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment