Comments Add Comment

राजदूत ढकाल र युएईका विदेश मामिलामन्त्रीबीच भेट

१९ साउन, काठमाडाैं । संयुक्त अरव इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले त्यहाँका विदेश मामिलामन्त्री शेख अब्दुल्ला बिन जायद अल नायानसँग शनिबार साँझ भेटबार्ता गरेका छन् ।

भेटका क्रममा राजदूत ढकालले सन् १९७७ मा दुई देशबीच कुटनैतिक सम्बन्ध कायम भएसँगै त्यसयता द्धिपक्षीय सम्बन्ध सौहार्दपूर्ण भएको उल्लेख गरे ।

मन्त्री नायानले राजदूत ढकाललाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । उनले दुई देशबीच सबै तहमा सम्बन्ध र सहयोग अझैं बढाउने बताए ।

मन्त्री नायान र राजदूत ढकालबीच दुई देशको आपसी हितका साथै ब्यापार, लगानी, पर्यटन, हवाई सेवा, एक्सपो २०२० दुबईको तयारी लगायतका विषयमा समेत छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

राजदूत ढकालले आबुधावीका राजकुमार तथा सैन्य डेपुटी कमाण्डर शेख महोम्मद बिन जायद अल नायानलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्या भण्डारीले पठाएको निम्तो हस्तान्तरण गरे ।

भेटबार्तामा दूतावासका काउन्सलर भेषबहादुर कार्की र तृतीय सचिव केशवराज पोखरेलको पनि उस्थिति रहेको थिायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment