Comments Add Comment

विवादास्पद सहरजिष्ट्रार सर्वोच्चको आदेशमा विश्वविद्यालय फर्किए

१९ साउन, विराटनगर । योग्यता नपुगेको भन्दै पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषदबाट बर्खास्तीमा परेका सहरजिष्ट्रार राजेशकुमार झालाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा गठन भएको छानविन समितिले योग्यता नपुगेको प्रमाण प्रस्तुत गरेपछि झालाई विश्वविद्यालयको कार्यकारी परिषदले बर्खास्त गरेको थियो । तर, परिषद्को निर्णयविरुद्ध सर्वोच्च गएका झालाई पुनर्बाहाली गर्न आदेश दिएको हो ।

सर्वाेच्चको आदेशपछि झा विश्वविद्यालयमा हाजिर भएका छन् ।

विश्वविद्यालय कार्यकारी परिषदले झासँगै चिकित्साशास्त्र संकायकी सहडीन दीप्ती सुब्बा र सहपरीक्षा नियन्त्रक मेनुका श्रेष्ठलाई असार २ गते बर्खास्तीमा परेका थिए ।

सर्वाेच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झालाई बर्खास्त गर्ने निर्णय कानुन संवत् नभएको भन्दै पुनर्बहाली गर्न आदेश दिएको हो । आदेशपछि झा विश्वविद्यालय फर्किएका छन् ।

पदाधिकारीबाट बर्खास्तीमा परेका झा वि.स. २०५९ सालमा विश्वविद्यालय प्रवेश गरेका थिए ।

झाकै लागि सृजना गरिएको पद सहरजिष्ट्रारका विषयमा विश्वविद्यालयले शैक्षिक योग्यता निर्धारण गरेको छैन । तर डाक्टर उषा झाको संयोजकत्मा गठित छानबिन समितिले सहडीन समान शैक्षिक योग्यता हुनुपर्ने निर्णष् गरेको थियो ।

उनी विस २०५९ सालेदेखि २०७१ साल सम्म विज्ञान तथा प्रवृधी संकायमा सह डिनको रुपमा कार्यरत थिए । १ पुस २०७१ मा सहडिनको कार्यकाल सकिएको तीन महिनापछि ९ चैतमा ४ वर्षका लागि समन्वय महाशाखा प्रमुखको नियुक्त भए ।

महाशाखा प्रमुखको कार्यकाल बाँकी रहेकै अवस्थामा उनले गत पुसमा पसह-रजिष्टारको नियुक्ति पाए । विश्वविद्यालय कार्यकारी परिषदले झाका लागि पहिलो पटक सह रजिष्ट्रारको पद सिर्जना गरेको थियो । रजिष्ट्रार प्रमिला थापा छिन् ।

थापाले काम गर्न नभ्याएको भन्दै झालाई सहरजिष्ट्रारको जिम्मेवारी दिइएको थियो । जुन नियुक्तिमा झाको न्यूनतम योग्यता नपुगेको छानबिन समितिको ठहर थियो ।

छानविन समितिले सहरजिष्ट्रार बन्न न्यूनतम शैक्षिक योग्यता स्नाकोत्तर हुनुपर्छ भनेको छ तर झा स्नातक मात्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment