Comments Add Comment

महाधिवेशन नगरेको विषयमा ट्रेड युनियनले बोलायो प्रेस युनियनलाई

१९ साउन, काठमाडौ । नेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएको विषयमा मातृसंस्था ट्रेड युनियन कांग्रेसले चासो व्यक्त गरेको छ ।

नेपाल प्रेस युनियनका उपलब्ध केन्द्रीय सदस्यहरुले प्रेस युनियनको महाधिवेशन समयमा नभएको, संस्था नवीकरण नभएको विषयमा ट्रेड युनियन कांग्रेसमा निवेदन दिएका थिए । त्यसैगरी सचिव खिला कार्कीले पनि समयमा महाधिवेशन नभएको भन्दै मातृसंस्थाको ध्यानाकर्षण गराएका थिए । नेपाल ट्रेड युनियन कांग्रेसले आगामी ३० गते छलफलका लागि प्रेस युनियनलाई बोलाएको छ ।

नेपाल प्रेस युनियनका महाधिजेशन गत भदौमा हुनुपर्नेमा अहिलेसम्म पनि हुन सकेको छैन् । पोखरा महाधिवेशनबाट निर्वाचित कार्यसमितिले विधान भन्दा बाहिर गएर महाधिवेशन गराउन ढिलो गरेपछि पदाधिकारी तथा सदस्यहरुले ट्रेड युनियन गुहारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment