Comments Add Comment

कञ्चनपुर घटनाका घाइते अर्जुनलाई सरकाले मासिक २५ हजार दिने

Photo Credit : त्रिवि शिक्षण अस्पतालमा अर्जुनलाई भेट्न पुगेका गृहमन्त्री बादल / अनलाइनखबर फाइल ।

१९ साउन, काठमाडौं । कञ्चनपुर घटनामा घाइते भएका भीमदत्त नगरपालिकाका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को बैठकले जीवन निर्वाहका लागि अर्जुनलाई मासिकरूपमा रकम उपलबध गराउने निर्णय गरेको हो ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा २०७५ भदौ ७ गते प्रहरीको गोली लागेर अर्जुन घाइते भएका थिए ।

गम्भीर घाइते भएका भण्डाराको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भए पनि उनी बोल्नसमेत सक्दैनन् । भण्डारा अस्पतालको बेडमै लडिरहेका छन् । उनले अरुको सहाराबिना केही पनि गर्न सक्दैनन् ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले शिक्षण अस्पतालमै अर्जुनलाई भेटेर उपचारका साथै सरकारले अन्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment