Comments Add Comment

एनआईसी एशिया बैंक र होटल हृयारिसन प्यालेसबीच सम्झौता

१९ साउन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र होटल हृयारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल हृयारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल हृयारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरे ।

यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जानुहुने बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment