+
+

नेपाल ल्युब आयलको गल्फ लुब्रिकेन्ट डिलर सम्मेलन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते २०:०९

१९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय गल्फ आयल इन्टरनेशनलको आधिकारिक वितरक नेपाल ल्यूब आयलले हालै डिलर सम्मेलन सम्पन्न गरेको छ ।

ललितपुर स्थित होटेल हिमालयमा आयोजना गरिएको उक्त सम्मेलन “क्रिएटिङ्ग ब्लुप्रिन्टन्स फर अ बेटर फ्युचर” भन्ने कम्पनीको भावी योजनामा केन्द्रित थियो । यस सम्मेलनमा गल्फका सम्पूर्ण डिस्ट्रिव्यूटर्सहरुलाई आमन्त्रित गरिएको थियो ।

सम्मेलनमा उत्कृष्ट कार्य गरेवापत डिलरहरुलाई कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण कुमार चौधरीले सम्मानित गरेका थिए ।

गल्फ इन्टरनेसनलको नेपालका लागि अधिकार प्राप्त कम्पनीका रुपमा नेपाल ल्युब आयल लिमिटेड रहेको छ । नेपाल ल्युब आयल कम्पनीले अन्तर्राष्ट्रिय लुब्रिकेन्ट नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?