Comments Add Comment

लिभरपुललाई हराउँदै सिटीले जित्यो उपाधि

काठमाडौं । युरोपियन च्याम्पियन लिभरपुललाई टाइब्रेकरमा हराउँदै म्यानचेष्टर सिटीले कम्युनिटी सिल्डको उपाधि जितेको छ ।

आइतबार भएको खेलमा प्रिमियर लिग च्याम्पियनले लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हरायो । लिभरपुलका जर्जिनिआको पेनाल्टीलाई सिटीका गोलकिपर ब्राभोले रोकेका थिए ।

दुई टिमको खेल भने निकै प्रतिस्पर्धात्मक थियो ।

खेलमा सिटीले १२ औं मिनेटमा राहम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो तर, ७७ औं मिनेटमा मटिपले लिभरपुलका लागि बराबरी गोल गरे ।

दोस्रो हाफमा दुबैतर्फ गरी तीन पटक पोष्ट बारमा लागेको थियो । सिटीका स्टलिङ वान भर्सेस वानमा चुके भने लिभरपुलका भान डेग र सलाहको प्रहार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment