Comments Add Comment

स्मिथको अर्को शतकसँगै इंग्ल्याण्डले पायो ३९८ रनको लक्ष्य

काठमाडौं । स्टिभ स्मिथको शतकको मदतमा अष्ट्रेलियाले एसेज सिरिजको पहिलो टेष्टमा इंग्ल्याण्डलाई ३९८ रनको लक्ष्य दिएको छ । चौथो दिन नै दोस्रो इनिङ थालेको इंल्याण्डले दिनको समाप्तीमा विना विकेटको क्षति १३ रन बनाएको छ ।

यसअघि ३ विकेटको क्षतिमा बनाएको १२४ रनबाट दिनको खेल थालेको अष्ट्रेलियाको पारी स्मिथ र म्याथु वेडले सम्हाले । तेस्रो विकेटका लागि ट्रभिस हेडसँग १३० रनको साझेदारी गरेका स्मिथले वेडसँग १२६ रनको साझेदारी गरे ।

स्मिथ १४२ रनमा आउट भए । वेडले ११० रन बनाए । ७ विकेटको क्षतिमा ४८७ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको अष्ट्रेलियाका जेम्स पेटिनशसन ४७ रनमा अविजित रहे ।

यसअघि अष्ट्रेलियाले स्मिथको १४४ रनको मदतमा पहिलो पारीमा २८४ रन बनाएको थियो भने इंग्ल्याण्डले रोए बर्नस को शतकसँगै ३७४ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment