Comments Add Comment

बागलुङको पहिरो अपडेट : ३ को मृत्यु, ५ जनाको उद्धार

२० साउन, काठमाडाैं । बागलुङको तमानखोला गाउँपालिका – ४, सन्टारकामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

आइतबार राति गएको पहिरोले सन्टारा गाउँका पाँच घर बगाउँदा ४५ वर्षीय पञ्चकुमारी श्रीपाली, ७९ वर्षीया अन्सारी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट पाँच जना घाइतेको उद्धार गरिको बर्तिवाङ प्रहरी कार्यालयका हवल्दार शालिग्राम भुसालले जानकारी दिए । उनकाअनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

गाउँभन्दा गरिब पाँच समय मिटर माथिबाट पहिरो खसेको थियो । घटनास्थल प्रहरीको पहुँचबाट टाढा भएकोले उद्धारको लागि सोमबार विहान मात्रै प्रहरी पुगेको थियो ।

घाइते लाई अस्पताल पुर्‍याउनै समस्या रहेको हवल्दारले भुसालले  बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment