Comments Add Comment

‘मारुनी’मा बोल्ड संवाद थियो, यसैले काम गर्न डराएँः साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’को कथा सुन्दा आफू काम गर्न सक्छु या सक्दिनँ भनेर डराएको खुलाएकी छिन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा पुगेकी साम्राज्ञीले भनिन्–‘भूमिका एकदमै राम्रो थियो । कथा सुनेपछि गर्नुपर्छ भन्ने पनि लाग्यो । तर, भूमिका यति शक्तिशाली थियो कि गर्न सक्छु या सक्दिनँ भनेर म डराएकी थिएँ ।’

साम्राज्ञीले अगाडि भनिन्–‘चलचित्रका निर्देशक नवल नेपाल र निर्मात्री पूनम गौतमसँग भेट भएपछि ममा आत्मविश्वास आएको थियो । मलाई सबैले बोल्ड नायिका भन्छन् । तर, यसमा बोल्ड संवाद छ ।’

यस्तै, नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा आफूले सशक्त भूमिका पाएको भन्दै टिमको प्रशंसा गरे । उनले भने–‘कि त मान्छे सफल हुन्छ कि त उसले केही अनुभव गर्छ । म पनि यही बाटोमा छु । मारुनीबाट दर्शकको मायाको अपेक्षा छ ।’

चलचित्रका निर्देशक नवल नेपालले यसपटक आफू समयको माग अनुसार आधुनिक हुने प्रयास गरेको बताए । होइन, भने आफ्नो मनबाट निस्किने भाव फरक नहुने उनको तर्क थियो । नायिका रेबिका गुरुङले एउटा सशक्त भूमिकामा काम गर्न पाएको भन्दै निर्माण टिमलाई धन्यवाद दिएकी थिइन् । बोल्ने क्रममा रेबिका भावूक समेत बनिन् ।

चलचित्रकी निर्मात्री पूनम गौतमले आफूहरुले दर्शकको अपेक्षा अनुसारकै चलचित्र बनाएको भन्दै दर्शकले नेपाली चलचित्रलाई नै माया गर्ने बताइन् । भदौ १३ गतेबाट रिलिज हुने यो चलचित्र अहिले प्रतिक्षामा छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा उत्साह बढ्ने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment