Comments Add Comment

होटेल अन्नपूर्णद्वारा प्रिन्सेस जयन्ती अचिभमेन्ट अवार्ड वितरण

१९ साउन, काठमाडौं । आईतवार होटेल अन्नपूर्णले वाषिर्क प्रिन्सेस जयन्ती अचिभमेन्ट अवार्ड वितरण गरेको छ ।

कार्यक्रमले होटेल मानेजमेन्त कलेज रवि भवन काठमाडौंको स्नातक तहमा उत्कृष्ट अंक ल्याउने ४ महिला विधार्थीलाई  पुरस्कृत गरेको हो ।

कार्यक्रममा नेपाल सरकार  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहसचिव सुरेश आचार्यले अवार्ड वितरण गरे ।

प्रिन्सेस जयन्ती अचिभमेन्ट अवार्ड, होटेल अन्नपूर्णको एक महत्वपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने कार्यक्रम हो ।

२००२ सालबाट सुरुवात भएको यो कार्यक्रमको उदेश्य जवान महिला वर्गलाई पर्यतन व्यवसायमा आˆनो योगदान दिन सक्ने गरी सक्षम बनाउन पर्यतन पेशामा सशक्तीकरण गर्ने हो ।

यो पुरस्कार समारोह हरेक वर्ष ४ अगस्तमा आयोजना हुने गरेको छ । होटेल मानेजमेन्त कलेज स्नातक तहको प्रत्येेक ब्याचमा उच्चतम प्रदर्शन गर्ने छात्राहरुलाई ४० हजार रुपैयाँका दरले प्रदान गरिन्छ ।

साथै उनीहरुलाई चाँदीका सिक्का र अन्तिम ब्याचको विजेतालाई स्वर्ण पदक दिने प्रचलन रहेको छ ।

यो वर्ष आरती सिलवाल (चौथौं वर्ष), निशा भन्जनकार (तेस्रो वर्ष) जुना लामा (दोस्रो वर्ष) र अलिना बाता श्रेष्ठ (पहिलो वर्ष) सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment