Comments Add Comment

युनिग्लोव कलेजद्वारा वृहत स्वास्थ्य शिविर

२० साउन, काठमाडौ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेज परिसरमा सोमवार वृहत स्वास्थ्य शिविर सम्पन्न गरको छ । उक्त शिविरमा रक्तदान कार्यक्रम, आँखा जाँच शिविर, दन्त जाँच शिविर र छाला जाँच सम्बन्धि शिविर, जनरल फिजिसियन जाँच शिविर लगायत फिजियोथेरापी प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा विभिन्न विषयका विशिष्ट विशेषज्ञ डाक्टरहरुको टोलिको उपस्थिति रहेको थियो । कार्यक्रममा झण्डै १२० पाउण्ड रगत संकलन भएको थियो ।

उक्त शिविरमा कलेजका विद्यार्थीहरु शिक्षक, कर्मचारी लगायत टोलवासीहरुले निशुल्क स्वास्थ्य जाच गर्ने अवसर प्राप्त गरेका थिए ।

कलेजका कार्यक्रम निर्देशक अनन्त राज घिमिरेका अनुसार यस्तो कार्यक्रम कलेजतहमा विरलै मात्र आयोजना हुने र यस्ता कार्यक्रमले विद्यार्थीहरुको समाज प्रतिको उत्तरदायित्व, भुमिका र आˆनो स्वास्थ्य प्रतिको सजगतालाई थप मजवुत बनाउने कुरा प्रस्ट्याए ।

कलेजका प्राचार्य डा.नरबहादुर विष्टका अनुसार यस्ता कार्यक्रमको आयोजना गर्नाले स्वास्थ्य प्रति संवेदनसिलता एवं नियमित स्वास्थ्य परिक्षणको आवश्यकता वारे बोध हुने वताए ।

कार्यक्रममा दृष्टी आई केयर र एरोगिन हेल्थकेयर एण्ड रिसर्च सेन्टरले सहकार्य गरेका थिए । कार्यक्रमको आयोजना युनिग्लोव कलेज अन्तर्गत युनिग्लोव सेन्टर फर सोसियल प्रोग्रामले गरेको थियो ।

उक्त सेन्टरका अध्यक्ष हसरत अलिका अनुसार कार्यक्रममा झण्डै ६०० जना भन्दा बढीले सेवा लिएका बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment