Comments Add Comment

विद्यार्थी आकर्षित गर्न महेन्द्र मोरङ क्याम्पसमा भर्ना अभियान

२२ साउन, विराटनगर । यहाँको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले विद्यार्थी भर्ना अभियान शुरु गरेको छ ।

यसै शैक्षिक बर्षका २५ सय नयाँ विद्यार्थी भर्ना गराउने उद्देश्यका साथ बुधबारदेखि क्याम्पसमा भर्ना अभियान चलाएको हो ।

त्रिभुवन विश्वविद्यालय भन्दा पहिला स्थापना २०१२ सालमा भएको सो क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रको स्नातक तहका लागि पहिलो पटक भर्ना अभियान चलाइएको भर्ना अभियान समितिका संयोजक मोहनकुमार सुवेदीले जानकारी दिए ।

‘क्याम्पसमा विद्यार्थी संख्या न्युन हुँदै गएको छ,’ संयोजक सुवेदीले भने, ‘क्याम्पसमा पठन पाठन हुने संकाय तथा बिषयका बारेमा विद्यार्थी र तिनका अभिभावकलाई समेत जानकारी गराउने गरी अभियान सुरु गरिएको हो ।’

क्याम्पसको मुख्य भवन अगाडि मानविकी, शिक्षाशास्त्र, विज्ञान र व्यवस्थापन संकायका छुट्टाछुट्टै स्टल राखिएको छ ।

२७ सय विद्यार्थीमात्र

त्रिभुवन विश्वविद्यालय भन्दा पहिले विराटनगरमा यो क्याम्पसको स्थापना २०१२ सालमा भएको हो । गौरवशाली इतिहास बनाएको क्याम्पस विद्यार्थी अभावमा समस्याग्रस्त बन्दै गएको छ ।

एक दशक अघिसम्म ११ हजार विद्यार्थी अध्ययनरत क्याम्पसमा अहिले २७ सय १० विद्यार्थी छन् । सरकारले प्रविणतापत्र तहको पठन पाठन बन्द गरेसँगै क्याम्पसमा विद्यार्थी संख्या घटेको हो । विद्यार्थी भर्ना र मासिक आउने शुल्क क्याम्पसको मूल आयस्रोत थियो ।

क्याम्पसमा देखिएको चरम राजनीतिकरण, समय अनुकलको शिक्षा प्रणालीको अभावका साथै निजीस्तरमा खुलेका शैक्षिक संस्थासंगको प्रतिस्पर्धा गर्न नसक्दा महेन्द्र मोरङ क्याम्पसप्रतिको आकर्षण विद्यार्थी आकर्षण घटेको छ ।

केही समय अघिसम्म महेन्द्र मोरङ क्याम्पसमा भर्ना हुन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो ।

सो क्याम्पसमा हाल मानविकी, व्यस्थापन, विज्ञान र शिक्षा संकायतर्फ स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन हुँदै आएको छ ।

क्याम्पसमा १ सय ४३ स्थायी र ५१ अस्थायी गरी कुल १ सय ९४ जना प्राध्यापक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment