Comments Add Comment

रियलको संघर्षपूर्ण जितमा हजार्डको गोल

२३ साउन, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले मैत्रीपूर्ण खेलमा अष्ट्रियाको साल्जवर्गलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा रियलले साल्जबर्गलाई १–० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा इडेन हजार्डले गोल गरे । उनको यो रियल मड्रिडमा आइसकेपछि पहिलो गोल हो । उनकै एकमात्र गोलमा रियलले साँघुरो जित हात पारेको हो ।

हजार्डले खेलको १९औं मिनेटमा नै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा उनकै गोलमा रियलले अग्रता बनाएको थियो । दोस्रो हाफमा साल्जबर्गले सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न भने सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment