Comments Add Comment

नेकपा सांसदले सोधे : सत्य निरुपण आयोग किन गठन भएन ?

२३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन हेलचेक्र्याईं गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नहुँदासम्म पीडितको आवाजलाई संबोधन गर्ने, सत्य तथ्य पत्ता लगाउने, न्याय निरुपण गर्ने र मुख्य त मेलमिलाप गर्ने कुरा अधुरो रहेको छ’ उनले भने ।

यसमा हेलचेक्र्याईं हुनु शान्ति प्रक्रिया र संविधानको भावना विपरीत हुने सांसद शर्माले बताए ।

सत्य निरुपण आयोगका पदाधिकारी सिफारिस गर्न समिति बने पनि नाम सिफारिस नभएको भन्दै उनले तत्काल आयोग गठनको काम अगाडि बढाउन माग गरेका छन् ।

‘सुनेका छौं सिफारिस समिति बनेको छ । नाम सिफारिस भइरहेको छैन, आयोग गठन भइरहेको छैन  यो आयोग गठन गरेर काम अगाडि बढाउन माग गर्दछु’ उनले भने ।

सांसद शर्माले संघीयता कमजोर पार्ने गरी विभिन्न अभिव्यक्तिहरु आइरहेको भन्दै संघीयता कार्यान्वयन इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । संघीय व्यवस्था विगतको आन्दोलनको उपलब्धी भन्दै उनले यसलाई गुडियाजस्तो व्यवहार नगर्न पनि सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment