Comments Add Comment

ग्लोबल टी-२० क्यानडामा खेलाडीले तलब नै पाएनन्

काठमाडौं । ग्लोबल टी-२० क्यानडामा बुधबार टोरेन्टो नेशनल र मान्ट्रियल टाइगर्सको खेल झण्डै २ घन्टा ढिला सुरु भयो । टिम होटलबाट खेलाडीहरु बसमा जान नै अस्वीकार गरेपछि खेल निर्धारित समयमा हुन सकेन ।

तलब नपाएका कारण खेलाडीहरुले विरोध गरेको स्रोतलाई उधृत गर्दै क्रिकइन्फोले जनाएको छ । आयोजकले जारी गरेको विज्ञप्तिमा भने खेलाडी, लिग र फ्रेन्चाइज ओनरबीचको प्रक्रियागत विषयले खेल ढिला भएको बताएको छ ।

टोरेन्टो नेशनलको कप्तान युवराज सिंह हुन्, जुन टिममा नेपालका युवा बलर सन्दीप लामिछानेले पनि छन् ।

क्रिकइन्फोका अनुसार लिगका खेलाडीहरुको तलबमा यो पटक समस्या छ । यदि प्ले अफ अगाडि तलब नपाए बाँकी खेल नखेल्ने खेलाडीहरुको चेतावनी छ ।

खेलाडीहरुले १० देखि १५ प्रतिशत तलब सुरुमा नै र बाँकी पहिलो राउण्ड सकिँदा पाउनु पर्ने हो । तर धेरै खेलाडीहरुले अहिलेसम्म पैसा नै पाएका छैनन् ।

स्रोतका अनुसार केही खेलाडीको सन् २०१८ को पैसा पाउन बाँकी छ । खासगरी प्लेयर अफ दि म्याच घोषित भएकाका खेलाडीहरुले त्यो रकम पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment