Comments Add Comment

पाकिस्तानी खेलाडीको नयाँ बर्गीकरण, कुन खेलाडीको कति तलब ?

२३ साउन, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी) ले पाकिस्तानी क्रिकेट खेलाडीका लागि नयाँ बर्गीकरण सार्वजनिक गरेको छ ।

पीबीसीले २०१९/०२० को लागि आफ्ना क्रिकेट खेलाडीको नयाँ बर्गीकरण तोक्दै पारिश्रमक निर्धारण गरेको छ ।

क्याटोगरी ‘ए’ मा तीन खेलाडी रहेका छन् । कप्तान सर्फराज अहमद, बाबर अजाम र यसिर शाह । क्याटोगरी ‘ए’ मा रहेका यी तीन जना खेलाडीले मासिक १.१ मिलियन पाकिस्तानी रुपैयाँ पाउने छन् ।

त्यस्तै, क्याटोगरी ‘बी’ मा असद शफिक, अजर अली, हरिस सोहइल, इमम उल हक, मोहम्मद अब्बास, शादब खान, शहिन शाह अफ्रिदी र वाहब रियाज गरी ८ जना खेलाडी रहेका छन् । यो क्याटोगरीमा पर्ने खेलाडीले मासिकरुपमा ७ लाख ५० हजार पारिश्रमिक पाउने छन् ।

त्यस्तै, क्याटोगरी ‘सी’ मा पनि ८ खेलाडी रहेका छन् । जसमा अबिद अली, हसन अली, फखर जमान, इमाद वासिम, मोहम्मद अमिर, मोहम्मद रिजवान, शान मसोद र उसन शिनवारी रहेका छन् । यो क्याटोगरीमा पर्ने खेलाडीले पाँच लाख ५० हजार मासिक रुपमा नगद पारिश्रमिक पाउने छन् ।

पाकिस्तान क्रिकेट बोर्डले १९ जना खेलाडीलाई बर्गीकरण गर्दै पारिश्रमिक दिदा यसअघि बर्गीकरणमा अटाएका धेरै खेलाडी भने बाहिरिएका छन् । मोहम्मद हफिज, शोइब मालिक, अफिम अश्रफ, जुनाइद खान, विलाल आसिफ, साद अली, मिर हाम्जा, उमाइद आसिफ, सहिबजदा फरहान, मोहम्मद नवाज, रुममान रिइस, असिफ अली, हुसेइन तलात, रहमत अली र उस्मान सलाहुदिन भने बर्गीकरणमा परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment