Comments Add Comment

प्रदेश १ को विकास खर्च ५९ प्रतिशत

२३ साउन, विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५/७६ मा ५९ प्रतिशतमात्र विकास खर्च गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बिहीबार प्रदेश बैठकमा बजेट तथा विविध विषयमा जानकारी गराउँदा ३५ अर्ब ९३ करोड ६० लाखको बजेटमा २१ अर्ब १८ करोड २६ लाख ४५ हजार पाँच सय रुपैया खर्च गरेको बताए।

योजना कार्यान्वयनमा ढिलाइ भएकाले अपेक्षाकृत विकास खर्च हुन नसकेको मन्त्री आङ्बोले स्पष्टिकरण दिए । उनका अनुसार सामाजिक विकास मन्त्रालयले सबै भन्दा बढी ९३ दशमलव ९ प्रतिशत बजेट खर्च गरेको छ भने सबै भन्दा कम खर्च गर्नेमा मुख्यमन्त्रीको कार्यालय रहेको छ ।

मुख्यमन्त्रीको कार्यालयले ३४ दशमलव ५ चार प्रतिशत बजेट खर्च गरेको छ ।

मुख्यमन्त्रीले सम्हाल्दै आएको कृषि मन्त्रालयले पनि ३८ दशमलव ३२ प्रतिशतमात्र खर्च गरेको छ । गत आर्थिक बर्षमा प्रदेश सरकारका विभिन्न मन्त्रालयले २ अर्ब ४४ करोड ३७ लाख ६ हजार रुपैयाँ बजेट रकमान्तर गरेका थिए ।

जिल्लागत कार्यालयको खर्चको अबस्थामा सबै भन्दा बढी खोटाङ र सबै भन्दा कम मोरङको रहेको छ ।

मन्त्री आङ्बोले चालु आर्थिक बर्षका लागि साउन १ गतेबाटै बजेट कार्यान्वयमा गएकाले खर्च धेरै हुने दावी गरे । उनले विगतको जस्तो बजेट खर्च गर्न आर्थिक मामिला मन्त्रालयबाट स्वीकृति लिर्नुपर्ने प्रावधान समेत हटाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment