Comments Add Comment

सुनीललाल जोशी स्मृति भारोत्तोलनको सम्पूर्ण तयारी पूरा

२३ साउन, काठमाडौं । सुनिललाल जोशीको स्मृतिमा तेस्रो नेपाल स्ट्रङ्गेष्ट भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

काठमाडौं जिल्ला भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर महिला र पुरष गरि ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा ह्ुदैछ ।

स्वर्गीय सुनिललालको जन्म स्थान मरु टोलमा हुने प्रतियोतिामा पुरुष र महिला तर्फका स्ट्रङ्गेष्ट खेलाडीकरुले ११ हजार नगदसहित, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

करिव १२ लाख ७९ हजारको लागत रहेको प्रतियोगितामा तीन विभागिय टोली र जिल्ला तथा क्लबका करिव ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता आईडब्लुएफ र एडब्लुएफको नियमानुसार खेलाइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment