Comments Add Comment

सीडीओहरुमाथि खनिए सांसद, राहतमा राजनीति गरेको आरोप

Photo Credit : फाइल फोटो

२३ साउन, जनकपुरधाम । प्रदेश २ का सांसदहरु प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुमाथि खनिएका छन् । बाढी आएको बेला सीडीओहरुले मनोमानी गरेको तथा आफूहरुसँग समन्वय नगरेको भन्दै सांसदहरुले आलोचना गरेका हुन् ।

बिहीबार प्रदेशसभा बाढीसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि भएको छलफलमा सत्तारुढसँगै विपक्षी सांसदहरुले पनि प्रमुख जिल्ला अधिकारीको रबैया ठीक नदेखिएको बताए ।

नेकपाकी सांसद ज्वालाकुमारी साहले बाढी आउँदा सीडीओहरुले कुनै समन्वय नगरेको बताइन् । उनले सांसदहरु राहत दिन जाँदा समेत सहयोग नगरेको उयनकेा आरोप छ ।

समाजवादी पार्टीका सांसद प्रल्हाद गिरीले सीडीओले एक कल फोन समेत नगरेको गुनासो गरे ।

नेकपाका सांसद रामकुमार यादवले बाढीपछिको अवस्थामा सीडीओको भूमिका ठीक नदेखिएको बताए । ‘बाढीपीडितको सवालमा सिडिओजस्तो निक्कमा कोहि देखिएनन्’ सांसद यादवले भने, ‘हामी सबै सांसद एकजुट भएर सीडीओलाई क्वाँ-क्वाँ बनाउन जरुरी छ ।’ कर्मचारीहरु हरेक कुरामा कसिमन लिइरहेको बताउँदै उनले कर्मचारीलाई पनि ठीक बाटोमा ल्याउनुपर्नेमा जोड दिए ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सीडीओकै नेतृत्वमा गैर बाढीपीडितलाई राहत बितरण गरिएको बताए ।

राजपाकी सांसद डा.रिना यादवले बाढीपीडितलाई राहत दिनका लागि सीडीओअरुलाई रु १० लाख दिएपनि हालसम्म धेरै ठाउँमा राहत नपुगेको बताइन् ।

पीडितभन्दा धनीले राहत पाए

प्रदेशसभाको बैठकमा सांसदहरुले प्रदेश सरकारले बितरण गरेको राहत पीडितभन्दा गैर पीडितले पाएको गुनासो गरेका छन् । उनीहरुले अहिले पनि धेरै ठाउँका पीडितहरुले थोरै पनि राहतको रुपमा केहि पाउन नसकेको बताए ।

कांग्रेसका सांसद शिबचन्द्र चौधरील्े धनुषाको मुखियापट्टी मुसहर्नियाँमा ५० परिवार बाढीबाट पीडित भएपनि ६ सय परिवारलाई राहत बितरण गरेको बताए । उनले राजनीतिक आस्थाको आधारमा नजिकका व्यक्तिलाई पनि राहत दिइएको बताउँदै उनले भने, ‘यो ठूलो लाजमर्दाे र अन्यायपूर्ण कुरा हो ।’

नेकपाका सांसद रवीन्द्र बैठाले वास्तविक पीडितहरु एकमुठी च्यूरा समेत नपाएको तर जसको घरमा थौरै पनि पानी पसेन, उनीहरुलाई बोराको बोरा राहत बाँडिएको बताए ।

समाजवादी पार्टीका सांसद प्रल्हाद गिरीले आफ्नो क्षेत्रमा पनि आस्थाको रुपमा राहत बितरण गरेको पाइएको बताए । राजपाकी सांसद सुरिता साहले पाउनुपर्ने व्यक्तिले हालसम्म पनि राहत पाउन नसकेको र आवश्यकै नभएका व्यक्तिले धेरै राहत पाइसकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment