Comments Add Comment

प्रदेशमन्त्रीलाई उद्योगमन्त्रीले भने : चाडपर्बका बेला सरकार देखियोस्

२४ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नजिकिँदै गरेका ठूला चाडपर्वमा अत्यावश्यक वस्तुको अभाव तथा कालोबजारी हुन नदिन प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् ।

सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नगरपालिकाका प्रतिनिधिहरुसँग शुक्रबार मन्त्रालयमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

आवश्यक परेको सहयोग र समन्वयका लागि केन्द्र सरकार तयार रहेको भन्दै मन्त्री यादवले जनताले अनुभव गर्ने गरी आपूर्ति व्यवस्था र बजार अनुगमन गर्न आग्रह गरे ।
‘मैले सुनेको छु चाडपर्वको समयमा यो देशमा सरकार पनि छ ? भनेर जनताले प्रश्न गर्छन्, यो वर्ष त्यस्तो नहोस्,’ उनले भने ।

खाद्यान्न, माछामासु एवं चाडपर्वका लागि आवश्यक पर्ने सबै वस्तुहरुको देशभित्रको उपलब्धता एवं आपूर्ति व्यवस्थामा तीन तहका सरकारबीचको समन्वय जरुरी रहेको मन्त्री यादवले बताए ।

छलफलमा सहभागी हुँदै प्रदेशका मन्त्रीहरुले कानुनी जटिलता, पूर्वाधार र जनशक्ति अभाव जस्ता कारणले सरकारको उपस्थिति कमजोर बन्न पुगेको गुनासो गरेका थिए । स्थानीय तहको उत्पादन सडक पूर्वाधार, बजारको सुनिश्चितता अभाव जस्ता कारणले उपभोक्तासम्म पुग्न नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

छलफलमा प्रदेश ३, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको उपस्थिति थियो । यस्तै काठमाडौं महानगरपालिकासहित ६ महानगर तथा सबै उपमहानगरपालिकाका प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment