Comments Add Comment

कृषि विश्वविद्यालयले माग्यो क्रिकेट रंगशालालाई दिएको जग्गाको शोधभर्ना

२४, साउन, चितवन । गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि २० विगाहा ६ कठ्ठा जग्गा उपलब्ध गराएको कृषि तथा वनविज्ञान विश्वविद्यालयले शोधभर्ना माग गरेको छ ।

विश्वविद्यालयले २९ जेठ मै भरतपुर महानगरपालिकालाई पत्र लेखेर पूर्वसहमति अनुसार २० विगाहा जग्गा दिन माग गरेको हो । आवधिक योजना र नियमित अध्ययन अनुसन्धानका कार्यक्रम चलाउन जग्गा आवश्यकता परेको रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले बताए ।

भरतपुर महानगरपालिका वडा नं २० मा रहेको सार्वजनिक जग्गा मध्ये १५ विगाहाको भोगाधिकार कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई भोगाधिकार त्रिपक्षीय सम्झौतामा पनि उल्लेख छ । रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई जग्गा दिने क्रममा महानगर, कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

भरतपुर महानगरको बोर्ड बैठकबाट कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई वडा नः २० मा रहेको १५ विगाहा जग्गा शोधभर्ना दिने निर्णय गरेको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृत नेत्र शर्माले जग्गाको शोधभर्ना दिने निर्णय भए पनि फिल्डमा गएर छुट्टाउन र हस्तान्तरण गर्न बाँकी रहेको बताए । शर्माले भने, ‘बाँकी ५ विगाहा दिने जग्गाको खोजी भइरहेको छ ।’

विश्वविद्यालयमा जग्गा दिने स्थानमा रहेको विद्यालयलाई अन्यत्रै स्थानान्तरण गर्ने निर्णय पनि महानगरपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment