Comments Add Comment

पोखरामा भदौदेखि ‘स्मार्ट’ यात्रा

२४ साउन, पोखरा । पोखरा महानगरभित्र चल्ने सवारी साधनमा विद्युतीय टिकट (इटिकेटिङ) प्रणाली भदौ १ गतेदेखि सुरु हुने भएको छ ।

त्यसका लागि ओम डेभलपमेन्ट बैंकले स्मार्ट कार्ड वितरण सुरु गरेको छ । स्मार्ट कार्ड वितरणसँगै सिमपानी–आँखा अस्पताल, घारीपाटन रुटमा चल्ने गाडीमा कार्डमार्फत भाडा तिर्ने प्रणालीको परीक्षण सुरु भएको छ ।

पहिलो चरणमा पोखराभित्रका स्कुल तथा कलेजका विद्यार्थीलाई स्मार्ट कार्ड वितरण गर्न सुरु गरिएको ओम डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । ‘त्यसको लगत्तै हामी पोखराका सम्पूर्ण वडामार्फत कार्ड वितरण गर्छौं,’ उनले भने ।

पहिलो चरणमा बैंकले महानगरभित्र चल्ने करिब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्र ३ लाख स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ । इटिकेटिङ सिस्टम लागू गर्न पोखरा महानगरका बस व्यवसायीलाई महानगरले १ महिने तालिमसमेत दिइसकेको छ ।

महानगरभित्र सवारीसाधनमा विद्युतीय टिकट (इ–टिकेटिङ) प्रणाली लागू गर्न पोखराका बस व्यवसायी र एन्क्लाउड कम्पनी र ओम डेभलपमेन्ट बैंकबीच चैत ३ गते श्रीपक्षीय सम्झौता गरेको थियो । बैशाख महिनादेखि इटिकेटिङ लागू गर्ने सम्झौता भएपनि करिब ४ महिनापछिमात्रै योजना लागू गर्न लागिएको हो ।

काठमाडौंको एन्क्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली लागू गर्न स्रोत र प्रविधि उपलब्ध गराउने महानगरको सम्झौता छ ।

उक्त सम्झौताम बस व्यवसायीहरु पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment