Comments Add Comment

ईंग्ल्यान्डका पूर्व कप्तानले भने : बिराट कोहली महान क्रिकेटर

२४ साउन, काठमाडौं । इंग्ल्याण्डका पूर्वकप्तान माइक गेटिङले भारतका कप्तान विराट कोहलीलाई महान क्रिकेटर भन्दै प्रशंसा गरेका छन् ।

सबै फर्म्याटमा उत्कृष्ट ब्याटिङका कारण मात्र नभएर टेष्ट क्रिकेटप्रति प्रतिवद्धताका कारण पनि बिराट महान बनेको उनले बताए ।

कोहली टेष्ट र एकदिवसीय वरियतामा ब्याटिङको शीर्ष स्थानमा छन् । उनले जनवरी २०१८ यता सबै फर्म्याटमा गरेर औसतमा ५७.३० रनरेट कायम गरेका छन् ।

केन विलियम्सन र स्टिभ स्मिथसँग बिराटलाई तुलना गर्दै गेटिङ भन्छन्, ‘तथ्यले बताउँछ कि उनी सबै फर्म्याटमा कोहली अगाडि छन् । मलाई लाग्छ, यस्तो प्रदर्शन अरुबाट भएको छैन ।’

उनले थपे, ‘विलियम्सन अहिले राम्रो फर्ममा छन् । स्मिथले पनि उत्कृष्ट पुनरागमन गरेका छन् । उनीहरुको क्षमता एकदिवसीय क्रिकेट हो । तर विराटले सबै फर्म्याटमा नियमित राम्रो खेलिरहेका छन् । विना हिच्किचाहट उनलाई ‘महान’ को उपमा दिन सकिन्छ ।’

महान क्रिकेटर हुन टेष्ट खेल्नुपर्ने भन्दै गेटिङले टेष्ट क्रिकेट आफ्ना लागि महत्वपूर्ण भएको स्मरण गरे । ६२ वर्षीय गेटिङ स्मिथबाट पनि प्रभावित छन्, जसले हालै पहिलो एसेज टेष्टको दुबै पारीमा शतक हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment