Comments Add Comment

वीरगञ्जमा ‘बम’ बिस्फोट ३ जना घाइते

२४ साउन, वीरगञ्ज । वीरगञ्जको बिर्ताबजारमा शुक्रबार साँझ साढे ७ बजे बम पड्किदा ३ जना घाइते भएका छन् ।

स्‍थानीय मिठु शंकरको कागती पसल नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटमा कागती व्‍यापारी मिठु गम्भीर घाइते  भएका छन् भने अरु २ जना सामान्य घाइते भएका छन् ।  उनीहरूको परिचय खुलेको छैन ।

मिठुलाई उपचारका लागि नारायणी अस्पताल लगिएको वडा अध्यक्ष जगत साह कानुले जानकारी दिए । प्रहरीले बम नभई पटाका पड्किएको आशंका गरेको छ ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment