Comments Add Comment

टोटनह्यामको विजयी सुरुवात, केनको दुई गोल

Photo Credit : प्रिमियर लिग

२६ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले विजयी सुरुवात गरेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एस्टोन भिल्लालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे । त्यस्तै, टान्गुय नडोम्बलेले एक गोल गरे । यता, एस्टोन भिल्लाको लागि भने जोन म्याकगिनले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा भने एस्टोन भिल्लाले लिएको थियो । तर आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो । खेलको नवौं मिनेटमा नै म्याकगिनले गोल गर्दै एस्टोन भिल्लालाई अग्रता दिलाएका थिए । उनकै गोलमा एस्टोन भिल्लाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनायो ।

तर दोस्रो हाफमा टोटनह्यामले सुधारिएको प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो । खेलको ७३ औं मिनेटमा नडोम्बेलेले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा पुर्‍याए । त्यस्तै, खेलको ८६औं मिनेटमा ह्यारी केनले गोल गर्दै २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा केनले फेरि अर्को गोल थप्दै ३–१ गोलको जित दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment