Comments Add Comment

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

२६ साउन, गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका-४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेलेे बताए ।

शान्तिपुरबाट हरेवा तर्फ जाँदै गरेको लु१९प ८२७३ नम्बरको मोटरसाइकलले पैदल चित्रबहादुरलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका सार्कीलाई उपचारको लागि शान्तिपुर उपस्वस्थ्य चौकी ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् । उनको पाल्पामा सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment