Comments Add Comment

उपनिर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

२६ साउन, काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्किारी माओवादी)ले आगामी उपनिर्वाचन सक्रियरुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।

महासचिव किरणको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा प्रदेशसभाका र स्थानीय तहका रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर गर्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीको तर्क छ ।

यस्तै बैठकले भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था खारेज गरिएकोमा बिरोध गरेको छ । केही दिनअघि मात्रै भारतले उक्त धारा खारेज गरी काश्मीरको विशेष अधिकारी खोसेको थियो भने लद्दाखलाई अलग गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment