Comments Add Comment

कस्तो छ सिद्धार्थ र परिणितीको ‘जबरिया जोडी’ ?

बलिउडमा ‘बहुप्रतिक्षित’ भनिएका फिल्मले हावा खाइरहँदा साना बजेटका र खासै आशा नगरिएका फिल्मले दर्शकको मन जित्यो । फिल्म चल्नका लागि अथाह बजेट चाहिँदैन, ठूला स्टार चाहिँदैन बरु मर्मस्पर्शी कथामा पनि राम्ररी कथा खिप्न सकिएमा दर्शक लोभिन्छन् ।

सायद यही भएर होला अहिले बलिउडमा बजेट भन्दा कथा र शिल्पलाई जोड दिन थालिएको छ । यस किसिमको फिल्म दर्शकले औधी रुचाएका पनि छन् ।

यद्यपि यसकै सिको गर्दै बनाइएका कतिपय फिल्म भने नराम्ररी चिप्लिएका छन् ।

यो हप्ता रिलिज भएको बलिउडको नयाँ फिल्म ‘जबरिया जोडी’ मा पनि सानो शहरको कथा भनिएको छ । बालाजी फिल्म्सले सफलताको सूत्र अपनाउँदै निर्माण गरेको उक्त फिल्म व्यवसायिक रुपमा सफल हुने सम्भावना भने अत्यन्त न्यून देखिएको छ ।

यो फिल्मको समीक्षा गर्दै केही भारतीय सञ्चारमाध्यमले लेखेका छन्-‘जसले यो फिल्म प्रारम्भदेखि अन्त्यसम्म हेर्नेछ, उसको हिम्मत र धैर्यलाई सलाम गर्नु पर्छ, किनभने फिल्मको मध्यान्तरपछि नै दर्शकहरुलाई सिनेमा घरबाट कति बेला बाहिर जाउँ जस्तो लाग्न थालिहाल्छ ।’

फिल्मको शीर्षक अनुरुप नै यसमा हरेक कुरा जबरजस्ती गरिएका छन्, चलचित्रको कथा, कलाकारको अभिनय, निर्देशन तथा गीत-संगीत…सबै जबरजस्ती थोपरिएको झैं अनुभव हुन्छ । यस अर्थमा भने फिल्मले आफ्नो शीर्षकलाई न्याय नै गरेको मान्नु पर्छ, तर जे-जति दर्शकहरु यो फिल्म हेर्न पुगे, उनीहरुले फिल्म हेरेपछि नै यो कुराको अनुभव गर्न सफल भए ।

चलचित्रको कथा अनुसार बिहारमा केटीपक्षसँग यति धेरै दाइजो मागिन्छ कि उनीहरुले उक्त नराम्रँे प्रवृत्तिलाई हटाउनका लागि थप धेरै वटा नराम्रा काम गर्छन् । उनीहरुले केटाकै अपहरण गरेर आफ्नी छोरीसंग जबरजस्ती विवाह गरिदिन्छन् । केटाहरुको अपहरण गर्ने समुहले उक्त काम दाइजोमा मागिएको भन्दा आधा रकममा गरिदिन्छन् ।

उक्त नराम्रो कामको पृष्ठभूमिमै चलचित्रका अभिनेता-अभिनेत्रीबीचको प्रेम कथालाई समावेश गरिएको छ । तर, उक्त कथामा प्रेम कहिं पनि देखिंदैन । अभिनेत्रीसंग अभिनेता विवाह गर्नै चाहाँदैनन्, विवाहको कुरा सुन्ने वित्तिकै टाढा-टाढा भाग्छन् । त्यसरी केटीबाट केटा टाढा भाग्ने कारण पनि चित्तबुझ्दो रुपमा प्रस्तुत गर्न असफल छन् चलचित्रका निर्देश्ँक । सानो कथालाई यसरी तन्काइएको छ कि रबर समेत लजाउन सक्छ ।

चलचित्रमा बिहारको जुन माहौल देखाइएको छ, त्यो पूर्ण रुपमा नक्कली भएको बताइन्छ । फिल्मको निर्माण नै बन्दुकको गोलीको भरमा गरिएका अनुभव गरिन्छ । फिल्ममा दर्शकलाई हँसाउने सक्दो प्रयास गरिएको छ, तर दर्शक हाँस्दै हाँस्दैनन् । उल्टो, चलचित्र हेरिरहँदा दर्शकहरु कथामा के भैरहेको छ भनेर रिसले आगो हुन्छन् ।

चलचित्रको अन्तिमको एक घण्टा त सहनै नसकिने छ । अचम्म लाग्दो कुरा के छ भने हालै मात्र मनोरञ्जन उद्योगमा २० वर्ष पुरा गरेकी एकता कपूर यो फिल्ममा पैसा लगानी गर्न कसरी तयार भइन् ?

फिल्मका प्रायः सबै चरित्रहरु निकै लाउड सुनिन्छन् । उनीहरु बिना कारण नै कराइरहेका छन् । उनीहरुको एकोहोरो संवादले दर्शकहरु वाक्क हुन्छन् ।

फिल्मलाई संजीव के झाले लेखेका हुन् भने प्रशान्त सिंहले यसलाई निर्देश्ँन गरेका हुन् । तर, फिल्मको लेखन नराम्रो छ कि निर्देश्ँन, भन्ने गाह्रो छ । फिल्ममा समावेश गीतहरुले दर्शकको मूड झनै बिगारिदिन्छ । अढाइ घण्टाको फिल्म साढे दुई दिन जस्तो लाग्छ ।

सिद्धार्थ मल्होत्रा तथा परिणीति चोपडा अभिनय करियरको नाजुक मोडमा छन् । उनीहरुले भविष्यमा यस्तै फिल्ममा काम गरिरहे भने उनीहरु फिल्म उद्योगबाट चाँडै नै बाहिरने निश्चित छ । दुबै कलाकारहरु फिल्मको चरित्रमा असुहाउँदो देखिएका छन् । अभिनयका दृष्टिकोणले पनि उनीहरुले दर्शकलाई निराश बनाएका छन् ।

समग्रमा जबरिया जोडी हेर्नु पर्ने एउटा पनि कारण छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment