Comments Add Comment

क्रिस गेलले ३०० औं एकदिवसीय खेल खेल्दै

२६ साउन, काठमाडौं । वेस्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले आइतबार भारतविरुद्धको खेलमा एकदिवसीय क्रिकेटको ३०० औं खेल पूरा गर्दै छन् ।

क्वीन्स पार्क ओभलमा वेष्ट इन्डिज र भारतबीचको सिरिजको दोस्रो खेल हुँदा गेलले भने आफ्नो एकदिवसीय क्रिकेट करिअरको ३०० औं खेल्न खेल्नेछन् ।

भारतविरुद्ध नै सन् १९९९ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका क्रिस गेलले अहिलेसम्म १० हजार २९७ रन बनाएका छन् । जसमा २५ शतक, ५३ अर्धशतक छन् । एकदिवसीय क्रिकेटमा उनको २१५ रन सर्वाधिक उच्च स्कोर हो ।

करिब एक महिनाअघि इंग्ल्यान्डमा सम्पन्न विश्वकप क्रिकेटबाट सन्यासको घोषणा गरेका गेलले पछि एकदिवसीय क्रिकेट भने खेल्ने निर्णय गरेका थिए ।

भारतले घरेलु टोली वेष्ट इन्डिजसँगको तीन खेलको टी–२० क्रिकेट सिरिज क्लीन स्वीप गरेको थियो । तीन खेलकै एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment