Comments Add Comment

नेपाली युवतीलाई दिल्लीमा बेचेको आरोपमा दुईजना पक्राउ

२६ साउन, काठमाडौं । मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको  छ ।  पक्राउ पर्नेमा नुवाकोटका अजय तामाङ र राजु तामाङ छन् ।

विशेष सुराकीका आधारमा उनीहरुलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार नुवाकोटका युवतीलाई नयाँ दिल्लीमा आकर्षक काम लगाइदिन्छु भनेर उनीहरुले प्रलोभन देखाउने गरेका थिए । अनुसन्धानका क्रममा उनीहरुको दिल्लीस्थित एक कोठी सञ्चालकसँग कनेक्सन देखिएको थियो ।

नेपालबाट युवती भारत लगेर देहव्यापारमा लगाइएको हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । ‘भाइबर र ह्वाट्स एपमा पनि सोही प्रकृतिको विवरण देखिन्छ’, एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

अहिले प्रहरीले दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ । उनीहरुबाट पीडित अन्य व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment