Comments Add Comment

पाँच खेलाडी रुकुम चेस क्लबमा अनुबन्धित

काठमाडौं । चेस खेलमा पनि खेलाडीहरुलाई अनुबन्ध गर्न सुरु गरिएको छ । रुकुम चेस क्लबले राष्ट्रिय टिम च्याम्पियनसिपका लागि पाँच खेलाडीलाई अनुबन्ध गरेको हो ।

क्लबसँग अनुबन्धित हुने खेलाडीहरुमा मिलन लामा, सुस्रुत दाहाल, विवेक श्रेष्ठ, युवराज पौडेल र मिलन रोक्का रहेका छन् ।

चेस खेलमा उत्कृष्ट, अनुशासित तथा शिक्षित खेलाडीका रुपमा गनिएका खेलाडी मध्येका मिलन लामा अन्तर्राष्ट्रिय रेटिङ्गमा २०३४ मा रहेका छन् । उनी यू- १० का च्याम्पियनका साथै सहकारी चेस च्याम्पियनका उपविजेता समेत हुन् । यस्तै हालै पूर्वमा भएको पथरी ओपन विजेता रहेका सुस्रुत दाहाल १८१९ रेटिङ्गमा छन् ।

गत साल भएको टिम च्याम्पियनमा सनसनीपूर्ण खेल प्रस्तुत गरेका विवेक श्रेष्ठ १८४४, यू- १६ उपविजेता भई २०१७ का ओलम्पियाडमा सहभागी भइसकेका युवराज पौडेल १६६३ र मध्यपश्चिमका विजेता भइसकेका रुकुमका पहिलो खेलाडीमा गनिएका मिलन रोक्का १७६६ रेटिङ्गमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment