Comments Add Comment

साग क्रिकेटमा नेपालको सिनियर टीमकै सम्भावना

२६ साउन, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा नेपालको राष्ट्रिय टोलीले खेल्ने सम्भावना बढेको छ ।

नेपाल ओलम्पिक कमिटीले टेष्ट मान्यताप्राप्त देशले तीन सिनियरसहित यू–२३ टोली खेलाउने र अरु देशलाई उमेर हद लागू नहुने प्रस्ताव गरेको छ । ‘यसमा कुनै कमेन्ट आएको छैन । यसको अर्थ सहमति जस्तै हो’ कमिटीका कार्यकारी सचिव सुशन श्रेष्ठले भने, ‘दक्षिण एसियाली ओलम्पिक कमिटीले निर्णय गर्न भने बाँकी छ ।’

दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक आयोजक राष्ट्रको हैसियतमा नेपालले बोलाउनुपर्ने हो ।

तर युवा तथा खेलकुद मन्त्रालयको स्वीकृति लगायतका प्रक्रिया पूरा गर्न बाँकी रहेकाले बैठक तय भएको छैन । यही कारण नेपालको तयारी पनि सुरु हुन सकेको छैन ।

यसबारे राष्ट्रिय खेदकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले हालै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कासँग कुराकानी गरेका थिए । मुख्य प्रशिक्षक उमेश पटवाल केही दिनमा नेपाल आएपछि यसबारे निर्णय गर्ने तयारी छ ।

नेपालमा क्रिकेट टोलीको मात्र होइन, प्रतियोगिता खेलाउने मैदान पनि उस्तै हालतमा छ ।

त्रिवि क्रिकेट मैदानका साथै मुलपानीमा म्याच खेलाउन भनिएको छ । दुबै मैदानमा मर्मतसम्भार आवश्यक पर्छ । कीर्तिपुर क्रिकेट मैदान असोज १२ गतेसम्म र मूलपानी क्रिकेट मैदान असोज मसान्तसम्म खेल्न योग्य बनाउने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment