Comments Add Comment

वीरगञ्जमा चलचित्र महोत्सवको तयारी

२६ साउन, वीरगञ्ज । वीरगञ्जमा असोज १ देखि ३ दिनसम्म चलचित्र महोत्सव हुने भएको छ ।

निर्माता संघ तथा चलचित्र विकास बोर्डको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह आयोजनामा महोत्सव गर्न लागिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिए ।

आइतबार होटल तथा पर्यटन व्यवसायी संघसँग महोत्सवबारे छलफल गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले हिमाल पहाड तथा तराइमधेस सबै क्षेत्रका नागरिकले अपनत्व महशुस गर्ने गरी वीरगञ्जमा चलचित्र महोत्सव आयोजना हुनु खुशीको विषय भएको बताए ।

संघका प्रमुख संरक्षक एवं पूर्वसांसद अनिल रुङ्गटाले चलचित्र महोत्सव वीरगञ्जमा आयोजना हुँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

तीन दिन चल्ने महोत्सवमा मैथली, भोजपुरी, नेपाली भाषाका चलचित्रको प्रदर्शन, स्थानीय सँस्कृति झल्कने झाँकी प्रदर्शनी, फिल्मसम्बन्धी चर्चा र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुतिको कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment