Comments Add Comment

गीतमा मुन्नीसँग शाहिलको प्रेम

शाहिल खड्काको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सरीमै लाउने’ बोलको गीतको शब्द तथा संगीत पनि खड्का आफैंले तयार गरेका हुन् ।

दीपक आचार्यको निर्देशनमा बनेको भिडियोमा भद्रगोलकी ‘मुन्नी’ क्यारेक्टरबाट परचित प्रियंना आचार्यको अभिनय रहेको छ । भिडियोमा गायक शाहिल आफैं पनि देखिएका छन् ।

सागर मगरको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा सहायक निर्देशकको काम नेत्र राउतले गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment