Comments Add Comment

अक्टोपससँग तस्वीर खिचाउँदा महिलाको यस्तो हालत

अमेरिकामा एउटा डरलाग्दो घटना भएको छ । अक्टोपससँग तस्वीर खिचाउने क्रममा एकजना महिला अनौठो दुर्घटनामा परेकी छन् । जसका कारण उनले अस्पताल गएर उपचार गर्नुपर्यो ।

वाशिङटनमा उक्त घटना भएको हो । ४५ वर्षकी जेमी बिसेग्लीयाले एक प्रतिस्पर्धाका लागि फोटोसुट गरिरहेकी थिइन् । टेकोमा न्यारोज ब्रिज नजिकै फिसिंग डर्बीमा केही मानिसहरुले अक्टोपस समाएका थिए । उनले सो अक्टोपसको मासु डिनरमा खाने भन्दै अक्टोपस आफूलाई दिन आग्रह गरिन् ।

त्यसपछि उनले उक्त अक्टोपससँग आफ्नो तस्वीर खिचिदिन एकजना व्यक्तिलाई आग्रह गरिन्, जुन तस्वीरलाई उनले फोटोग्राफी प्रतियोगितामा पठाउन चाहन्थिन् ।

अक्टोपस निकै मुलायम रहेको र त्यसले कुनै हानी नगर्ने ठानेर उनले अक्टोपसलाई आफ्नो अनुहारमा टाँसेर तस्वीर खिचाउन सुरु गरिन् ।

तर अनुहारमा राख्नै बित्तिकै अक्टोपसले उनको सबै अनुहारमा फँडा मात्र फैलाएर चिउडोमा नराम्रोसँग टोकिदियो । जसका कारण उनलाई असह्य पीडा मात्र भएन रगत समेत बग्न थाल्यो ।

त्यसपछि उनले बल्लतल्ल अनुहारको अक्टोपस थुतिन् । दुई दिनसम्म त उनले अक्टोपसको टोकाइको घाउलाई खासै ध्यान दिइनन् । तर दुई दिनपछि उनको गाला सुन्नियो । त्यसपछि बल्ल उनी अस्पताल पुगेर गालाको उपचार गराएकी छन् । अक्टोपसको टोकाइले उनको चिउडोमा गम्भीर संक्रमण भएको रहेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment