Comments Add Comment

ईपीएलमा टेष्ट नेशनका आइकोनिक खेलाडी अनिवार्य

२७ साउन, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट मध्य फागनुबाट सुरु हुने भएको छ ।

आयोजक ईपीएल प्रालीले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । ईपीएल १७ फागनुदेखि १ चैत (फेब्रुअरी २९-१४ मार्च) सम्म आयोजना हुनेछ ।

आयोजकले यो पटक नयाँ नियम लागू गरेको छ । उसले आइकोनिक खेलाडी टेष्ट नेशनको हुनुपर्ने बताएको छ ।

यसअघिका सिजनमा नेपाली खेलाडीहरुलाई मार्की प्लेयर राख्ने गरिएको थियो ।

ईपीएलमा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याटि्रयटस, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स गरी ६ टिम रहेका छन् ।

यसअघि २०१८ को संस्करणको ईपीएल क्रिकेटको उपाधि ललितपुर प्याटि्रयटसले जितेको थियो । फाइनलमा १४ रनले पराजित हुँदै भैरहवा ग्लाडिएटर्स उपविजेतामा सीमित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment