Comments Add Comment

१३ वर्षीय जेन्सल रावल ३ दिनदेखि बेपत्ता

२७ साउन, काठमाडौं । भक्तपुरको बालकोट बस्दै आएका १३ वर्षीय बालक जेन्सल रावल तीन दिनदेखि बेपत्ता भएका छन् ।

बुद्धनगरमा रहेको के.एम.सी स्कुलमा कक्षा ८ मा अध्ययनरत रावल शनिबार विहान साँढे ८ बजे घरबाट निस्किएका थिए ।

रावलले बेपत्ता हुनुअघि १८ वर्षीय अभिषेक बस्याललाई भेटेको पाइएपछि प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ ।

अभिभावकले वेपत्ता हुनुअघि सँगै रहेका अभिषेक बस्याललाई घटनाबारे थाहा भएको दावी गरेका छन् भने बस्यालका परिवारले भने अस्वीकार गरेका छन् ।

काठमाडौं प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको भए पनि पत्ता लाग्न नसकेको अभिभावकले बताएका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मीले भने प्रहरी बालकको खोजीका लागि गम्भीर भएर लागेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment